PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

‘कौन बनेगा करोडपति’को २० वर्ष पूरा, संक्रमण मुक्त भएका अमिताभ बच्चनले थाले नयाँ संस्करणको छायाँकन



पहिलोपोस्ट

‘कौन बनेगा करोडपति’को २० वर्ष पूरा, संक्रमण मुक्त भएका अमिताभ बच्चनले थाले नयाँ संस्करणको छायाँकन

अभिनेता अमिताभ बच्चन पुन: काममा फर्किएका छन्। कोभिड-१९ संक्रमण मुक्त भएपछि उनी रियालिटी सो ‘कौन बनेगा करोडपति’को छायाँकनका लागि निस्किएका हुन्।

आइतवार उनले इन्स्टाग्राममार्फत् छायाँकन स्थलको एक तस्विर सार्वजनिक गरेका छन्। लेखेका छन्,’पीपीइको सागरबीच काममा फर्किएँ।‘

उनले क्याप्सनमार्फत् कौन बनेगा करोडपति सुरु भएको २० वर्ष पुगेको जानकारी दिएका छन्। बेलायती कार्यक्रम भारतीय संस्करण पहिलो पटक सन् २००० मा सार्वजनिक भएको थियो। बच्चनले यस वर्ष आफ्नो लागि विशेष भएको बताएका छन्।

अमिताभ बच्चनले गत साता आफ्नो ब्लगमार्फत् पर्याप्त सुरक्षा उपाय अपनाएर छायाँकनमा फर्कने जानकारी दिएका थिए।

जुलाईमा अमिताभ बच्चनलाई कोभिड-१९ को संक्रमण देखिएको थियो। २० दिन लामो आइसोलेसन बसाइ पछि पुन: घर फर्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell