PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

निषेधाज्ञाले प्रभावित वीरगंजमा नेविसंघको खाना वितरण अभियान



पहिलोपोस्ट

निषेधाज्ञाले प्रभावित वीरगंजमा नेविसंघको खाना वितरण अभियान

वीरगंज : वीरगंजमा करिब एक महिनादेखि र जिल्लाभरी २० दिनदेखि निषेधाज्ञा छ। निषेधाज्ञाले सबै क्षेत्र ठप्प हुँदा दैनिक ज्यालादारी मजदुर र गरिब, विपन्न वर्ग समस्यामा परेको छ।

दुई धाक टार्न पनि धौधौ भएको छ। खानेकुराको अभावमा कष्टकर जीवन गुजार्न बाध्य भएका बेला नेपाली काँगेस पर्साको युवा जमातले दाताहरुबाट सहयोग संकलन गरी भोका बस्ने गरिब, असहाय तथा विपन्न परिवारको लागि तयारी खानाको प्याकेट वितरण गर्ने अभियान थालेको छ।

विगत चार दिनदेखि हालसम्म वीरगंजको विभिन्न वडाका करिब ६ सय जनालाई विहान र बेलुका गरी खानाको प्याकेट वितरण गर्ने काम भइरहेको कांग्रेस पर्साका युवा नेता राकेश यादवले बताए। उनले नेपाल विद्यार्थी संघ पर्साको संयोजनमा अभियान जारी रहने बताए।

वीरगंजको ठाकुरराम क्याम्पस क्षेत्र, बसपार्क, पानीटंकी, लाठ गल्ली, पानगली, घण्टाघर, रानीघाटको क्षेत्रमा खानाको आवश्यकता बोध भएका घरपरिवार तथा असहायलाई खानाको प्याकेट वितरण गर्ने कार्य भइरहेको यादवले जानकारी दिए।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विकास तिवारी एवं ठाकुरराम क्याम्पस इकाइ अध्यक्ष मनोज साहको सक्रियतामा यो अभियान शुभाम्भ भएको हो। उनले खान नपाएर भोकै सुत्न बाध्य व्यक्तिलाई सम्पर्क गर्न अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell