PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोभिड-१९ का संक्रमितको उपचार गर्ने अस्पतालको तहगत वर्गीकरण खारेज



पहिलोपोस्ट

कोभिड-१९ का संक्रमितको उपचार गर्ने अस्पतालको तहगत वर्गीकरण खारेज

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुको वर्गीकरण खारेज गरेको छ।

मन्त्रालयले कोभिड-१९ प्रतिकार्य योजना तयार गरी गरेको अस्पतालहरुको वर्गीकरणलाई खारेज गरेको हो। वर्गीकरण खारेज गर्दै सबै अस्पताललाई  कोभिड अस्पताल नामाकरण गरेको हो।

यसअघि सरकारले कोभिड क्लिनिक सहित अस्पताललाई चार तहमा वर्गीकरण गरेको थियो। जसअन्तर्गत १ सय १५ अस्पताललाई कोभिड क्लिनिक, २३ अस्पताललाई लेभल १ कोभिड अस्पताल, १८ अस्पताललाई लेभल २ कोभिड अस्पताल र ७ वटा अस्पताललाई लेभल ३ कोभिड अस्पतालको रुपमा वर्गीकरण गरेको थियो।

आइतावार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीको उपस्थितिमा बसेको बैठकले कोभिड अस्पतालको तह सम्बन्धी व्यवस्थालाई खारेज गर्दै कोभिड अस्पताल नामाकरण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख डाक्टर समीर कुमार अधिकारीले जानकारी दिए।

अस्पतालहरुले क्लिनिकल मूल्यांकन र सेवाको उपलब्धताका आधारमा उपचार रेफर गर्ने व्यवस्था लागू गर्ने निर्णय बैठकले गरेको छ। साथै कोभिड र नन-कोभिड दुवै सेवा छुट्टाछुट्टै व्यवस्थापन गराउने निर्णयसमेत बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell