PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

हुनेले दिएर जाऔं, नहुनेले लिएर : यसरी शुरु भयो फूड बैंक कार्यक्रम



फूलमाया पुरी

हुनेले दिएर जाऔं, नहुनेले लिएर : यसरी शुरु भयो फूड बैंक कार्यक्रम

विराटनगर : केही दिन सामाजिक सञ्जालमा एउटा फोटो चर्चामा छ। ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित खाद्यान्न पोका रहेको फोटोको कसैले प्रशंसा गरेका छन् भने कसैले कुन ठाउँमा भएको भन्दै प्रश्न गरेका छन्।

कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले देशका विभिन्न ठाउँमा लकडाउनदेखि निषेधाज्ञा जारी गरेको छ। यसले गर्दा कतिपय मजदुरको रोजीरोटी खोसिएको छ।

यसैलाई मध्यनजर गर्दै मोरङको केराबारी गाउँपालिकामा स्थानीयले फुड बैंक शुरु गरेका रहेछन्। नेपाल तरुण दल, केराबारी गाउँपालिका अध्यक्षसमेत रहेका पप्पु साहले तीन दिनअघि फुड बैंक शुरु गरेको बताए।

रोजीरोटी गुमाएका मजदुर परिवारलाई लक्षित गरी तरुण दलले यो कार्यक्रम सञ्चालनमा ल्याएको साहले बताए।

मजदुर परिवारका पीडा र विशेष गरी भोको पेटलाई लक्षित गरी फुड बैंक सञ्चालनमा ल्याएको उनको भनाई छ। यसअघि दश दिनसम्म मास्क बैंक सञ्चालन गरेका थिए उनले।

फुड बैंक गाउँपालिका कार्यालय अगाडि राखिएको छ। जहाँ हरेक दिन बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन गरिन्छ।

फुड बैंकमा दाल, चामल, नुन, तेल राखिएको छ। प्रतिपरिवार दुई केजी चामल, आधा लिटर, तेल एक प्याकेट, नुन राखिएको छ।

कोही पनि भोकै बस्नु नपरोस् भन्ने उददेश्यका साथ सञ्चालनमा ल्याइएको फुड बैंकबाट आइतवार करिब २५० जनाले खाद्यन्न सामाग्री लगेको साहले बताए। हालसम्म ३ सय ९० जनाले फुड बैंकबाट सामाग्री लगिसकेको साहले बताए।

‘फुड बैंकमा मानिसको चाप निकै बढेको छ’, उनले भने। त्यसैले आज थप छलफल गरी चापलाई व्यवस्थित गर्नेबारे सोच्ने उनले बताए। फुड बैंकका लागि हालसम्म १८ जना दाताले सहयोग गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell