PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपचारका क्रममा क्लिनिकमै किशोरीमाथि जबरजस्ती करणी, एचए पक्राउ



पहिलोपोस्ट

उपचारका क्रममा क्लिनिकमै किशोरीमाथि जबरजस्ती करणी, एचए पक्राउ

काठमाडौं : बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले जबरजस्तीकरणको आरोपमा पक्राउ गरेको हो।

निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धी उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

सुनसरीमा आयुर्वेदिक औषधि व्यवसायी पक्राउ

सुनसरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-४ घर भई हाल रामधुनी नगरपालिका-५ झुम्कामा आयुर्वेदिक औषधि व्यवसाय गरी बस्ने ४६ वर्षीय मोहम्मद ईर्साद आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

आलमले ती किशोरीलाई गत साउन २६ गते जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी सप्तरीमा २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका-१० बस्ने १९ वर्षीय फुलकुमार रामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कंचनरुप नगरपालिका-६ स्थित धार्मिक सामुदायिक वनमा रामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell