PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित भएपछि पेरिसमा झडप, १ सय ४८ जना पक्राउ



पहिलोपोस्ट

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी पराजित भएपछि पेरिसमा झडप, १ सय ४८ जना पक्राउ
तस्बिर : Skysports/AP

पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पेरिस सेन्ट जर्मेन (पिएसजी) गएरातिको खेलमा जर्मन क्लब वायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भयो। टिमको पराजयसँगै सडकमा उत्रिएका समर्थकहरुको पेरिसमा प्रहरीसँग झडप भएको छ। झडप पेरिसको विभिन्न स्थानमा भएका हुन्।

चेम्प एलिसी क्षेत्रमा ठूलो संख्यामा खेल हेर्न जम्मा भएका समर्थकहरुले महामारीकाबीच मास्क, सामाजिक दुरीलगायतका विषयलाई नजरअन्दाज गर्दा प्रहरीले बल प्रयोग गरेको थियो।

त्यस्तै वेस्टर्न पेरिसमा पनि त्यस्तै झडप भएको छ। पोर्चुगलको लिस्बनमा भएको खेलको प्रत्यक्ष प्रसारण हेर्न पिएसजीको होम ग्राउन्ड प्रिन्सेसमा पनि दुईवटा स्कृनहरु राखिएको थियो। सरकारको गाइडलाइन्स अनुसार त्यहाँ ५ हजार जनालाई त अनुमती थियो तर त्यहाँ उपस्थित समर्थकको संख्या ठूलो थियो। त्यसैले स्टेडियममा प्रवेश नपाएकाहरुले बाहिर हुलदंगा गरेका थिए। उनीहरुलाई नियन्त्रण गर्न प्रहरीले अस्रुग्यास प्रयोग गर्नु परेको थियो।

त्यस्तै सेन्ट्रल पेरिसको पनि बिभिन्न स्थानमा झडपहरु भए। जहाँ पीएसजी समर्थकहरु कारलगायतमा आगो लगाएका थिए। जसका कारण प्रहरीले लठ्ठीचार्ज गरेको थियो। त्यस्तै हुलदंगलामा केही मानिसहरु ज्वेलरी लुट्दै गरेको पनि देखिएको थिए।

फाइनल खेलमा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै त्यहाँको प्रहरीले तयारी गरेको थियो। सुरुबाटै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। त्यस्तै विभिन्न सब वे, ट्रेन स्टेसन र हाइवेहरुलाई पनि बन्द गराइएको थियो।

१४८ जना पक्राउ

फ्रेन्च पुलिसले खेलपछिको हुलदंगामा संलग्न १ सय ४८ जनालाई पक्राउन गरेको जनाएको छ। प्रहरीले कार जलाउने तथा लुटपाट मच्चाउन खोज्नेहरुलाई पक्राउ गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell