PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मेयर पराजुलीको सक्रियतामा खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण, दैनिक ९ सयको परीक्षण



अनन्तराज न्यौपाने

मेयर पराजुलीको सक्रियतामा खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण, दैनिक ९ सयको परीक्षण

विराटनगर: विराटनगरका चन्दादाताबाट सहयोग जुटाएर खरीद गरिएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सोमबार प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका रोहबरमा अस्पताललाई मेसिन हस्तान्तरण गरेका हुन्।

महानगर प्रमुख पराजुलीका अनुसार महानगरबाट मेसिन खरीद गर्दा प्रक्रिया लामो हुने भएकाले ‘कोभिड–१९ कोष’ नामको छुट्टै संस्था दर्ता गरेर सोही संस्थाका नाममा मेसिन खरीद गरिएको हो। कोषका संरक्षक स्वयं पराजुली छन्। उनकै अग्रसरतामा मेसिन खरीद गरिएको हो। मेसिनको मूल्य मूअकरबाहेक २८ लाख रुपैयाँ छ।

विराटनगरमा समुदाय स्तरमा नै कोरोना सङ्क्रमण फैलिसकेको छ। नयाँ मेसिन जडान गरिएपछि दैनिक ९ सय जनाको स्वाब परीक्षण गर्न सकिने प्रमुख पराजुलीले बताए।

मेसिन खरीदका लागि प्रमुख पराजुलीले एक वर्षको सुविधा वापतको रकम ५ लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए। त्यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख, उद्योगी तुलसीराम अग्रवालबाट ५ लाख, गोल्छा हाउसबाट ५ लाख, प्रदीप मुरारकाबाट ५ लाख, भाटभटेनी सुपरमार्केटबाट ५ लाख, अविनाश बोहोराबाट २ लाख, प्रदेशसभा सदस्य केदार कार्कीबाट १ लाख रुपैयाँ र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेबाट १ लाख प्राप्त भएको पराजुलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell