वीरगंज : पर्सा बारामा ५३ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल प्रयोगशालाले आइतवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ७ महिला र ४६ पुरुष गरी कुल ५३ जना नयाँ संक्रमित थपिएका हुन्। जसमा पर्साका ३४ र बाराका १९ जना रहेका छन्।
अढाई वर्षको बालकदेखि ७२ वर्ष उमेर समूहका संक्रमितहरु मध्ये बाराका १९ जना मध्ये अधिकांश जितपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज क्षेत्रका बासिन्दा रहेका छन्।
त्यसैगरी,पर्साका ३४ जनामध्ये अधिकांश वीरगंज १५ भिस्वाका बासिन्दा रहेको बताइएको छ। पर्सामा १ हजार ९ सय ४४ जना कुल संक्रमित पुगेका छन्।