काठमाडौं : नेपालको इ–कमर्स कम्पनी सस्तोडिल डटकम एकै साता भारतका बिख्यात दुई ई-कमर्स कम्पनीसँग रणनैतिक साझेदारी गर्न सफल भएको छ। फ्लिपकार्टसँगै सातोडिलले भारतीय फेसन र जीवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनीतिक साझेदारी गरेको छ। सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्री वितरण तथा बजारीकरण गर्ने सस्तोडिलका संस्थापक सीईओ अमन थापाले बताए।
साझेदारी पछि मस्ट एण्ड हार्बर, अनुक र ड्रेसबेरी क्लास फेसनका कपडाहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछ। त्यसैगरी सस्तोडिलबाट बेचिने सामानहरु फिर्ता लिने विकल्पसहित डेलिभरी गरिनेछ थापाले बताए।
मिन्त्र फेसन ब्रान्डका प्रमुख मनोहर कामथले नेपालको अग्रणी ई–कमर्स कम्पनी सस्तोडेलसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए। ‘यस क्षेत्रमा फेसन प्राथमिकता र बढ्दो अनलाइन शपिंङको समानताले अन्तर्राष्ट्रिय ग्राहकहरूको क्षेत्र विस्तार गर्दै नयाँ बजारहरूमा प्रवेश गर्नुपर्छ,’ कामथले भने, ‘हामी विश्वस्त छौं, सस्तोडिलको पहुँच र लोकप्रियतालाई ध्यानमा राख्दै हाम्रा प्रस्तावहरू चाँडै नै नेपालका जनतामा लोकप्रिय हुनेछन् जसले यस क्षेत्रको विकास र विस्तारको लागि मार्ग प्रशस्त गर्नेछ।’
सस्तोडिलले समय अनुसारको नयाँ डिजाइनहरू ल्याउने योजना बनाएको छ जुन नेपालका फेसन उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दछ। यस उत्सवको मौसममा मिन्त्रसँग मन उड़ाउने मौसमी प्रस्तावहरूको लागि उनीहरूको योजनाहरूलाई पनि ल्याइने बताए।
सस्तो डिलको सबैभन्दा धेरै शेयर भएको कम्पनी डोल्मा इम्पयाक्ट फण्डका सँस्थापक कार्यकारी सिइओ, टिम गोसरका भन्छन्- ‘सस्तोडिलको स्थापित नेपाली बजारमा मिन्त्रको प्रवेश नेपाली उपभोक्ताहरूलाई अझ परिस्कृत र उपयोगी सपिङ माध्यम बनाउन सफल हुनेछ। नेपाली उपभोक्ताहरुमा बढ्दै गएको डिजिटल प्लेटफर्मको मागको एउटा प्रमाण हो। यसले सस्तो डिलको नेपाली बजारमा रहेको सफल छविको पनि पुष्टि गरेको छ।’
