PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बाहिरबाट मान्छे आउँदा कर्णालीमा बढ्दो संक्रमण: थप ५१ जनामा देखियो कोरोना



पी बी खड्का

बाहिरबाट मान्छे आउँदा कर्णालीमा बढ्दो संक्रमण: थप ५१ जनामा देखियो कोरोना

सुर्खेत : कर्णाली प्रदेशमा सोमबार थप ५१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नयाँ पुष्टि भएकामध्ये रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १५ जना र सानीभेरी गाउँपालिकामा तीन जनामा संक्रमण देखिएको हो।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमै जाजरकोटका १५ जनामा संक्रमण पुष्टि भएको छ। जाजरकोटका सबै संक्रमित भेरी नगरपालिकाका भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।

रुकुमपश्चिमकै चौरजहारीमा गरिएको परीक्षणमा बर्दिया बारबर्दिया, डडेल्धुराको अजयमेरु गाउँपालिका, धादिङको नीलकण्ठ नगरपालिका र उदयपुरको गढी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको तीलागुफा नगरपालिकाका तीन जना पुरुषमा संक्रमण देखिएको हो।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर, चितवनको भरतपुर महानगरपालिका र राप्ती नगरापलिकाका एक/एक र कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाका दुई/दुई जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सुर्खेतमै गरिएको परीक्षणमा बर्दिया गुलरिया नगरपालिकाका, सल्यानको बनगाडकुपिण्डे नगरपालिका, कैलालीको लम्किचुहा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

महाशाखाका अनुसार कर्णाली बाहेक अन्य जिल्ला तथा प्रदेशका नागरिक कर्णाली प्रदेश भित्रिने क्रम बढेपछि संक्रमितको संख्या पनि बढ्दै गएको हो। सोमबार पुष्टि भएका संक्रमित मध्ये कर्णाली प्रदेश बाहेक अन्य प्रदेश तथा जिल्लाका ११ जना संक्रमित रहेका छन्। उनीहरुमध्ये अधिकांशको स्वाब संकलन प्रदेशको प्रवेशद्वार बबईबाट गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रिमितको संख्यासंगै कर्णाली प्रदेशमा परीक्षण गरिएको संक्रमितको संख्या दुई हजार दुईसय पन्चानब्बे पुगेको छ।

पछिल्लो २४ घण्टामा निको भई डिस्चार्ज हुनेको संख्या १९ जना छ। यो संगै कर्णालीमा निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार नौ सय ९२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell