PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

नारायणटारमा मदिराले मात्तिएर प्रहरीलाई हातपात गरी लखेट्ने ४ जना बानेश्वरबाट पक्राउ



पहिलोपोस्ट

नारायणटारमा मदिराले मात्तिएर प्रहरीलाई हातपात गरी लखेट्ने ४ जना बानेश्वरबाट पक्राउ

काठमाडौं : प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार विक लागायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथि नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ४ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।

यसैगरी सोलुखुम्बुमा पनि प्रहरीमाथि दुर्व्यवहार भएको छ। दुर्ब्यवहारको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ बस्ने २५ वर्षीय बिजय मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

दुधकुण्ड नगरपालिका-११ रमिते बजारस्थित अस्थाई प्रहरी पोष्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटलमा मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा युनिफर्म तानी सिठी कर्ड समेत चुडाई लडाई लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell