काठमाडौं : निषेधाज्ञाको समयमा तास खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा तास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका-११ घर भई हाल सोही महानगरपालिका-१४ बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
