PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

गण्डक कोभिड अस्पतालमा ६८ वर्षीय वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा ६८ वर्षीय वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

वीरगंज : गएराति सवा १० बजे गण्डक कोभिड अस्पताल वीरगंजमा एक जना पुरुषको मृत्यु भएको छ। मृत्युु हुनेमा पटेर्वासुगौली गाउँपालिकाका ६८ वर्षका वृद्ध रहेका छन्।

तराई हस्पिटलमा भर्ना भइ उपचार गराउँदै आएकोमा उनको अवस्था बिग्रदै गएपछि अक्सिजनसँगै राति ९ बजे गण्डक कोभिड अस्पताल रिफर गरिएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पताल पठाइएको छ भने शव गण्डक अस्पतालमा राखिएको छ।

मुटुमा समस्या भई बाइपास सर्जरी गराएका ती वृद्धलाई श्वासप्रश्वासमा समस्या आउनुको साथै दुवै छातिमा निमोनिया देखिएको अवस्थामा कोभिड अस्पतालको आकस्मिक कक्षमै उपचारको क्रममा मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell