कैलाली : सोमवार सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको बताए।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई/दुई जनामा संक्रमण देखिएको छ। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
अछामको मंगलसेनका १४ जना, साँफेवगरका तीन जना र एक जना स्थानीय तह नखुलेका पुरुषमा पनि संक्रमण देखिएको छ। डोटीको आदर्श गाउँपालिकाका चार र बोगटानका दुई जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका एकरएक जना र बझाङका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ। जसमा सेती प्रादेशिक अस्पतालमा कार्यरत एक स्टाफ नर्समा पनि छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा बस्दै आएकी ३० वर्षीया उनीमा कोरोना पुष्टि भएको हो।
सोमवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ती स्टार्फ नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। यसअघि सेती अस्पतालका २ स्वास्थ्यकर्मी र ३ जना सरसफाई कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।
आजै डडेल्धुरामा भएको परीक्षणमा पनि ५७ संक्रमित थपिएका थिए। योसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ११४ जना संक्रमित थपिएका छन्।