काठमाडौं : नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘हुन्छ खोसा-खोस’ सार्वजनिक भएको छ। गीतमा सुनिल बिसीको शब्द र सन्तोष सुनारको संगीत रहेको छ।
गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्।
गीतको म्यूजिक भिडियोमा सागर लम्साल 'बले', मन्जिल बस्नेत, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन्। बले र प्रिन्सी साथै मन्जिल र प्रिज्मा प्रेम सम्बन्धका कारण पनि चर्चामा छन्।
‘हुन्छ खोसाखोस’को म्यूजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका हुन्। रामकुमार केसीले खिचेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।
