PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भदौ मसान्तसम्म सवारी साधनको लाइसेन्स नवीकरण गरे जरिवाना नलाग्ने



पहिलोपोस्ट

भदौ मसान्तसम्म सवारी साधनको लाइसेन्स नवीकरण गरे जरिवाना नलाग्ने

काठमाडौँः सरकारले भदौ मसान्तसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण गर्दा जरिवाना नलाग्ने ब्यवस्था गरेको छ।

चैत ११ गतेपछिको बन्दाबन्दी (लकडाउन) अवधिमा लाइसेन्सको  म्याद सकिए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नुपर्ने छैन।

यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका लाइसेन्सहरु भदौ मसान्तसम्‍म नवीकरण गर्दा जरिवाना नलाग्ने जनाएको हो।

मन्त्रिपरिषदको साउन ५ गतेको निर्णय अनुसार जरिवाना छुट दिन लागिएको हो। निर्णय बमोजिम सिस्टम मोडिफिकेशन समेत भैसकेकोले भदौ मसान्तसम्म जरिवाना नलाग्ने विभागले सूचनामा उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell