PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

रुकुमपश्चिममा कोरोना संक्रमण बढेपछि रुकुमपूर्व भित्रिने नाका बन्द



रासस

रुकुमपश्चिममा कोरोना संक्रमण बढेपछि रुकुमपूर्व भित्रिने नाका बन्द
Photo: google.com/maps

रुकुमपूर्व : रुकुमपश्चिममा कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ। रुकुमपश्चिममा कर्मचारी र प्रहरीसहित आइतवार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि रुकुमपूर्वमा पनि संक्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी यही भदौ १४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ। रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशालालगायतका क्षेत्र बन्द गरिएको हो।

आज बसेको डीसीसीएमसीको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए। कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell