PahiloPost

May 15, 2025 | २ जेठ २०८२

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि



राधेश्याम पटेल

गण्डक कोभिड अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

वीरगंज : गएराति सवा १० बजे गण्डक अस्थायी कोभिड अस्पताल वीरगंजमा मृत्यु भएका पुरुषको पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आएको छ। नारायणी अस्पतालमा सोमवार राति आएको पीसीआर परीक्षणको नतिजा अनुसार उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।

पटेर्वासुगौली गाउँपालिकाको सुगौली टोलका ६८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियोे। तराई हस्पिटलमा भर्ना भइ उपचार गराउँदै आएकोमा उनको अवस्था बिग्रदै गएपछि अक्सिजनसँगै आइतवार राति ९ बजे गण्डक कोभिड अस्पताल रिफर गरिएको थियो। उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पताल पठाइएको थियो।

मुटुमा समस्या भई बाइपास सर्जरी गराएका ती वृद्धलाई श्वासप्रश्वासमा समस्या आउनुको साथै दुवै छातिमा निमोनिया देखिएको अवस्थामा कोभिड अस्पतालको आकस्मिक कक्षमै उपचारको क्रममा मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell