PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

'चालक पाल्न गाह्रो भएपछि' शवबाहन नगरपालिकालाई



रासस

'चालक पाल्न गाह्रो भएपछि' शवबाहन नगरपालिकालाई
प्रतीकात्मक फोटो

दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ। एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो। एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सोमबार शववाहनको साँचो हस्तान्तरण गरे। नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले जानकारी दिए।

'एकाइले दमौलीमा सात वर्ष एम्बुलेन्स सञ्चालन गर्‍यो, विगत एक वर्षदेखि शववाहन सञ्चालन गर्दै आएको थियो,' श्रेष्ठले भने, 'शववाहनको चालक पाल्न गाह्रो भएपछि सम्पूर्ण जिम्मा नगरपालिकालाई हस्तान्तरण गरेका छौँ।' उनका अनुसार सवारी चालकलाई मासिक रु २२ हजारभन्दा बढी तलब दिनुपर्थ्यो।

'कुनै महिनामा एउटा पनि शव नआउँदा एकाइलाई भार पर्‍यो, नगरपालिकामा सवारी चालक नै छन्, उनीहरुलाई नै शववाहन चलाउने जिम्मेवारी दिन सकिन्छ,' उनले भने।

नगरप्रमुख न्यौपानेले शववाहन हस्तान्तरण गरेकामा एकाइलाई धन्यवाद ज्ञापन गर्दै अब यसको सम्पूर्ण व्यवस्थापन नगरपालिकाको रहने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell