PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

काठमाडौंमा फेरि कति दिन थपिएला निषेधाज्ञा? भोलि सकिँदै पहिलो चरण, आज तीन जिल्लाका सीडीओको बैठक



पहिलोपोस्ट

काठमाडौंमा फेरि कति दिन थपिएला निषेधाज्ञा? भोलि सकिँदै पहिलो चरण, आज तीन जिल्लाका सीडीओको बैठक

काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा बुधवार रातिबाट सकिँदैछ।

कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। यस बीच उपत्यकाभित्रका तीनै जिल्लामा देखिएको संक्रमण फैलिने दरमा कमी आएको छैन। त्यसैले पनि निषेधाज्ञा अझैं लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन्।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज बस्दै छ। बैठकले नै उपत्यकाभित्र निषेधाज्ञा कति समयको लागि थप गर्ने भन्ने विषयमा निर्णय गर्ने छ। सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएपछि प्रशासनले काठमाडौं उपत्यकाभित्र पहिलो चरणको निषेधाज्ञा जारी गरेको थियो।

आज बस्ने बैठकले एक साताको निषेधाज्ञाको समीक्षा गर्दै थप निषेधाज्ञा के कसरी गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।

'बैठक डाकिएको छ। अहिले भइरहेको निषेधाज्ञा र संक्रमणको समीक्षा गरेर के गर्ने भन्ने निर्णय गर्छौं,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद भट्टले भने।

यता सोमवार बसेको काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले उपत्यकामा कोभिड-१९ संक्रमण झनै फैलिएकाले निषेधाज्ञाको अवधि थप्ने निष्कर्षमा पुगेको हो। अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न यसअघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको थियो।

सोमवारमात्र काठमाडौंमा १ सय ७७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। यसैगरी, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ५ सय भन्दा बढी एक्टिभ केस हुने पाँच जिल्लामध्ये काठमाडौं पनि एक हो। केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक करिब २ सय संक्रमित थपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell