इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको तीन टेस्टको सिरिजको अन्तिम खेलको पाँचौं दिनको प्रतिस्पर्धा आज साउथ ह्याम्टनमा हुँदैछ। खेलमा पाकिस्तान इङ्ग्ल्याण्डविरुद्ध फलोअन खेलिरहेको छ। यद्यपि पाकिस्तान अझै २१० रनले पछाडि रहेका दवाबमा छ।
चौथो दिनको खेल सकिँदा सम्म पाकिस्तानले आफ्नो दोस्रो पारीमा २ विकेट गुमाए १०० रन बनाएको छ। र क्रिजमा अजहर अली (२९) र बाबर आजर (४) क्रिजमा छन्। पाकिस्तानको दोस्रो पारीमा शान मसुद र १८ रन र आबिद अलीले ४२ रन बनाएर आउट भएका थिए।
यसअघि इङ्ग्ल्याण्डले टस जितेर ब्याटिङ गरेको थियो। जाक क्रलेको दोहोरो शतक र जोस बटलरको शतकको सहयोगमा इङ्ग्ल्याण्डले ५८३ रन बनाएको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको पाकिस्तानले सबैविकेट गुमाउँदै २८३ रनमा सीमित भएको थियो। जसमा अजर अलीले १ सय ४१ रन बनाएका थिए। पहिलो पारीमा ३१० रनले पछि परेको पाकिस्तानलाई इङ्ग्ल्याण्डले फलोअन दिएको थियो। र दोस्रो पारीमा २ विकेट गुमाएर १०० रन जोडेको पाकिस्तानले आज पाँचौं दिन पनि ब्याटीङ गर्नेछ।
तीन म्याचको टेस्ट सिरिजको पहिलो खेल इङ्ग्ल्याण्डले जितेको थियो। दोस्रो म्याचमा वर्षा बाधक भएकाले बराबरीमा रोकिएको थियो। इङ्ग्ल्याण्ड तेस्रो टेस्ट पनि जित्दै २-० ले सिरिज जित्ने होडमा छ भने पाकिस्तान अन्तिम टेस्ट जित्दै सिरिज १-१ को बराबरीमा रोक्ने दाउमा छ।
