PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट शंकास्पद'



पहिलोपोस्ट

'सुशान्तसिंह राजपुतको पोस्टमार्टम रिपोर्ट शंकास्पद'

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान जटिल बन्दै गएको छ।

सीबीआईको टिमले जाँच सुरु गरेपछि घटनासँग सम्बन्धित अनेक तथ्यहरु बाहिर आइरहेका छन्। सुशान्तको मुद्दामा सुरुमा अनुसन्धान गरेको मुम्बई पुलिसमाथि पीडित परिवारसहित आम दर्शकले आशंका व्यक्त गरेका थिए।

अब सीबीआईले मुद्दा सम्हालेपछि सुशान्तको पोस्टमार्टम रिपोर्टमा पनि प्रश्न उठेको छ। एम्सका फरेन्सिक ल्याब प्रमुख डाक्टर सुधीर गुप्ताले पोस्टमार्टम रिपोर्टमा गडबड गरिएको दावी गरेका छन्। उनले पोस्टमार्टम शंकास्पद रहेको भन्दै जाँच गर्न सीबीआईलाई आग्रह गरेका छन्।

प्रहरीले डाक्टरहरुबाट अर्को राय पनि लिनुपर्नेमा चुकेको भन्दै उनले पोस्टमार्टम रिपोर्टमा सुशान्तको मृत्युको समय नै उल्लेख नगरिएको बताए।

एम्सका डाक्टरले पोस्टमार्टम रिपोर्ट प्रश्न उठाइरहँदा सीबीआई टोलीले सोमवार दिउँसो सुशान्तको अटप्सी उपचार गर्ने डाक्टरसँग सोधपुछ गरेको थियो। अटप्सीमा पनि प्रश्न उठिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell