PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

वीपी प्रतिष्ठानमा सफल भयो २० वर्षीया कोरोना संक्रमित युवतीको ‘नर्मल डेलिभरी’



पहिलोपोस्ट

वीपी प्रतिष्ठानमा सफल भयो २० वर्षीया कोरोना संक्रमित युवतीको ‘नर्मल डेलिभरी’

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोभिड-१९ संक्रमित महिलाले बच्चालाई जन्म दिएकी छिन्। २० वर्षीया युवतीले छोरीलाई जन्म दिएकी हुन्।

प्रतिष्ठानको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ,’वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको सफल डेलिभरी।‘

बिराटनगरकी स्थानीय ती महिलामा भदौ ३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसको ४ दिन पछि उनलाई प्रसव व्यथा लाग्यो र वीपी प्रतिष्ठानमा भर्ना गरियो।

‘शल्यक्रियामार्फत् बच्चा निकाल्नु पर्छ भन्ने लागेको थियो तर उहाँको सामान्य डेलिभरी भयो’, प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। उनले संक्रमणका बावजुद् नर्मल डेलिभरी हुनु प्रतिष्ठानका लागि खुशीको विषय भएको बताए। 'युवतीको परिवारका लागि पनि यो महत्वपूर्ण क्षण हो।'

आइतवार डाक्टर सूर्यप्रसाद रिमालको निगरानीमा डाक्टर मुकेश, डाक्टर मनिस, डाक्टर हिमाल र नर्स सिरिनद्वारा बच्चाको डेलिभरी गराइएको हो।

जन्मदा शिशुको तौल २.८ किलोग्राम थियो।  हाल आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ।

शिशु जन्मिएको ७२ घण्टा पुगेपछि उनको पनि कोरोना भाइरस संक्रमणको परीक्षण गरिने प्रवक्ता सापकोटाले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell