PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

भारतबाट आएकी महिलाको आइसोलेसनमा मृत्यु, श्रीमान र छोरामा कोरोना संक्रमण



एम बम

भारतबाट आएकी महिलाको आइसोलेसनमा मृत्यु, श्रीमान र छोरामा कोरोना संक्रमण
गौरीफन्टा नाकाबाट स्वदेश फर्कनेको ज्वरो जाँच गरिँदै। फाइल फोटो

कैलाली : कैलालीमा भारतबाट आएर आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ को आइसोलेसनमा बसेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो।

मृतकको स्थायी बसोबास बझाङ हो।  उनी केही दिन अगाडिमात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी घोडाघोडी नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले जानकारी दिए।

उनी त्यहाँ श्रीमान र छोरासहितसहित  आफन्तकहाँ गएकी थिइन्।  श्रीमान र छोरामा कोरोना देखिएपछि उनलाई वडा ११ को आइसोलेसनमा राखिएको थियो र सोमवार साँझ उनको त्यहाँ मृत्यु भएको छ रेग्मीको भनाइ छ। 

उनी मिर्गौला रोगबाट ग्रस्त रहेको कैलाली प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell