PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निषेधाज्ञासँगै वीरगंजमा घट्दो संक्रमणदर: दुई दिनमा ७ सयको परीक्षण, ९३ जनामा मात्रै कोरोना



राधेश्याम पटेल

निषेधाज्ञासँगै वीरगंजमा घट्दो संक्रमणदर: दुई दिनमा ७ सयको परीक्षण, ९३ जनामा मात्रै कोरोना

वीरगंज : पर्सा र बारामा पछिल्लो दुई दिनयता कोभिड १९ का संक्रमितको संख्यामा कमी आएको छ। नारायणी अस्पताल प्रयोगशालामा गरिएको भदौ ६ गते र ७ गतेको परीक्षणमा करिब १३ प्रतिशतको हाराहारीमा मात्र संक्रमण पुष्टि भएको देखिएको छ। हाल पर्सामा निषेधाज्ञा लगाइएको छ।

भदौ ६ गते चार सय र भदौ ७ गते तीन सय नमूना परीक्षणमा क्रमश ५३ र ४० जनामा मात्र संक्रमण पुष्टि भएको छ। आइतवार राती गरिएको परीक्षणमा १३ महिला र २७ पुरुष गरी कुल ४० जना थपिएका थिए। जसमा २ जना जितपुरसिमरा उपमहानगरपालिका र केही परसौनी गाउँपालिका, बाराका संक्रमित रहेका छन्।

१२ वर्षदेखि ७० वर्ष सम्मका ४० जना संक्रमितमध्ये अधिकांश वीरगंज महानगरको विभिन्न वडाका र कालिकामाई गाउँपालिकाका रहेको नारायणी अस्पताल वीरगंजका प्रवक्ता एवं छाला तथा यौनरोग विशेषज्ञ डा. अतुलेश चौरसियाले जानकारी दिए।

त्यसैगरी, भदौ ६ गते राति सार्वजनिक भएको रिपोर्टअनुसार १७ महिला र ४६ पुरुष गरी ५३ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा १९ जना बाराका र ३४ जना पर्साका रहेका थिए।

पर्सामा वीरगंजको विभिन्न वडा, छिपहरमाई गापा, विन्दासिनी गापा, सखुवाप्रसौनी, जगरनाथपुरलगायत स्थानीय तहमा ५३ जना संक्रमित थपिएका थिए।

संक्रमितहरुको सख्यामा कमी आउनु सुखद कुरा भएको नारायणी पीसीआर प्रयोगशालाकी प्रमुख प्याथोलोजिस्ट डा. नीरा पाठकले बताइन्। संक्रमण नियन्त्रणका सावधानी अपनाउनुपर्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell