PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भदौ दोस्रो सातामा तय क्यानको साधारणसभा अनिश्चितकालका लागि सर्‍यो



पहिलोपोस्ट

भदौ दोस्रो सातामा तय क्यानको साधारणसभा अनिश्चितकालका लागि सर्‍यो

काठमाडौं: भदौ दोस्रो सातामा तय नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ। क्यानले आज एक विज्ञप्ति गर्दै कोरोना महामारी त्यसका कारण देशभर लगाइएको लकडाउनलाई कारण देखाउँदै क्यानको साधारणसभा अर्को सूचना जारी नगरुञ्जेलका लागि स्थगित भएको जनाएको छ।

‘विश्वभर फैलिएको कोभिड १९ को महामारीले गर्दा नेपालको पनि धेरै जसो स्थानमा लकडाउन रहेको अवस्थामा भदौको मध्यमा तय गरिएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नहुन्जेलका लागि पछि सारिएको छ।’

यसअघि क्यानको साउन ५ गते बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सातबुँदे निर्णय गरेको थियो जसमा भदौ १५ गतेभित्र साधारणसभा गर्ने निर्णय पनि गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell