PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

ओली-प्रचण्ड भेट सकियो, १३ गते सचिवालय बैठक



पहिलोपोस्ट

ओली-प्रचण्ड भेट सकियो, १३ गते सचिवालय बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ। मंगलवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक १३ गते बोलाउने सहमति भएको हो।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले मंगलवार ओली र प्रचण्डबीच करिब २ घण्टा वार्ता भएको बताए।

’आजको छलफल सकियो। १३ गते सचिवालय बैठक बोलाउने कुरा भएको छ' उनले भने।

आजको भेटमा दुई अध्यक्षबीच पार्टी विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमाथि समेच छलफल भएको थियो। उक्त प्रतिवेदन अब सचिवालय बैठकमा पेश हुने र सचिवालयमा छलफलपछि स्थायी कमिटीबाट पारित गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell