PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा



पहिलोपोस्ट

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा

काठमाडौं : सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक भएको छ। पब्लिकेसन्स् नेपालयले यस निबन्ध संग्रह पाठकका लागि भर्चुअल प्ल्याटफर्ममा उपलब्ध गराएको हो।

पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाइ राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्ने बारे चर्चा गरेको छ। साथै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका उपायहरू सुझाएको छ।

यस पुस्तक शाक्यको चौथो पुस्तक हो भने नेपाली भाषामा भने उनको यो दोस्रो पुस्तक हो।

‘हामी उत्साहजनक साथै अनिश्चित समयमा बाँचिरहेका छौं,’ पुस्तकको पृष्ठभूमिसँग जोड्दै लेखक शाक्य भन्छन्- ‘समयसँगै चलायमान रहनका निम्ति सही उपाय भनेकै सकारात्मक परिवर्तनहरूलाई अँगाल्दै अघि बढ्नु हो। नेपाल लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण हुने बित्तिकै हामीले विकासको मूल्यांकलन र समृद्धिका लागि कम्मर कसेर लाग्नु पर्ने समय आएको हो; गएको चुनावमा त्यही एजेन्डाले अनुमोदन पनि पाएको हो। तर त्यसलाई प्राप्त गर्नका निम्ति यहाँ अनेकौं चुनौति र अवरोध विद्यमान छन्; जसलाई हामीले सम्बोधन गर्न आवश्यक छ। समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ पुस्तकले यिनै कुरालाई वर्गीकृत गर्दै उपचार खोज्ने प्रयास गरेको छ।’

नेपालयले आफ्ना सबै प्रकाशनहरू नियमित मुद्रण-माध्यमका साथै अन्य वैकल्पिक माध्यममार्फत् पनि उपलब्ध गराउँदै आएको छ। नेपालयका सबै पुस्तकहरू अमेजन, बार्न्स एंड नोबल नेटवर्कमार्फत् विश्वव्यापी रुपमा उपलब्ध छन्। किताबका अँग्रेजी संस्करण विद्युतीय माध्यम किन्डलमा पनि उपलब्ध छन्।

 ‘अर्थात् परिवर्तन’को ई-बुक २ सय ५० रुपैयाँमा उपलब्ध छ। पूर्ण पुस्तकका साथै पाठकहरूलाई १५ रुपैयाँमा एकल अध्याय किन्ने वैकल्पिक सुविधा पनि रहेको छ पुस्तकको छापा संस्करण भने कोरोना भाइरसका कारण प्रभावित अवस्था सामान्य भए पछि बजारमा उपलब्ध हुने बताइएको छ।

नेपालयको अनलाइन पुस्तक बिक्रेता थुप्रै डटकममा ई-बुक उपलब्ध छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell