PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण



पहिलोपोस्ट

कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण
Photo: Franck Robichon/EPA]

कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ। ८ पटक ओलम्पिकमा गोल्डमेडल हात पारेका बोल्टलाई कोरोना संक्रमण भएको हो। आफ्नो ३४ जन्मदिनमा ठूलो भीडका बीच बिना मास्क सामाजिक दुरी कायम नगरी पार्टी गरेका उनलाई कोरोना संक्रमण पुष्टी भएको हो।

जमैकाका स्वास्थ्य मन्त्रीले सोमबार बोल्टलाई कोरोना संक्रमण भएको पुष्टी गरेका हुन्। यद्यपि बोल्टले भने एक भिडियो जारी गर्दै आफूले कोरोनाको परीक्षण गराएको तर नतिजाको प्रतिक्षा गरिरहेको बताएका छन्।

‘सुरक्षित रहनका लागि मैले आफूले सेल्फ क्वारेन्टिन गरेको छु।’ बोल्टले सामाजिक सञ्जालमा राखेको भिडियोमा भनेका छन्। उनको शनिबार स्वाब संकलन गरिएको थियो।

सन् २०१७ को लण्डन ओलम्पिक पछि उनले सन्यास लिएका थिए।

सामाजिक सञ्जालमा उनका समर्थकहरुले शीघ्र स्वस्थ्य लाभको कामना गरेका छन्। एकजना समाजिक सञ्जाल प्रयोगकर्ताले उनले आयोजना गरेको पार्टीको भिडियो पोस्ट गर्दै लेखेका छन्: नो सोसियल डिस्टेन्स, नो मास्क



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell