काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले १८ जना महिला क्रिकेटरहरुको कोरोना बिमा गराएको छ। आज विज्ञप्ति जारी गर्दै क्यानले सिनियर राष्ट्रिय टिमका १८ जना महिला क्रिकेटरहरु कोरोना बिमा गराएको बताएको हो।
यसअघि क्यानले पुरुषतर्फ राष्ट्रिय टिमका खेलाडी, ग्राउन्ड स्टाफ र सपोर्ट स्टाफ गरी पहिलो चरणमा ५१ जनाको कोरोना बिमा गराएको थियो। लगत्तै पुरुषतर्फ मात्र कोरोना बिमा गराएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भएको थियो।
बढ्दो कोभिड १९ को संक्रमणका कारण क्यानले आफ्ना गतिविधि बन्द गराएको यसअघि जनाएको थियो। आजै एक विज्ञप्ति निकालेर भदौको दोस्रो सातासम्म सम्पन्न गर्ने भनिएको वार्षिक साधारणसभा पनि अर्को सूचना जारी नहुन्जेलका लागि भन्दै स्थगित गरेको थियो।
