PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चीन जान चाहनुहुन्छ? दूतावासबाट लिनुस 'ग्रीन हेल्थ कोड', काठमाडौंका ६ प्रयोगशालाका कोभिड-१९ परीक्षणलाई मात्र मान्यता



पहिलोपोस्ट

चीन जान चाहनुहुन्छ? दूतावासबाट लिनुस 'ग्रीन हेल्थ कोड', काठमाडौंका ६ प्रयोगशालाका कोभिड-१९ परीक्षणलाई मात्र मान्यता

काठमाडौं : काठमाडौंस्थित चिनियाँ दूतावासले चीन प्रवेश गर्न चाहने चिनियाँ तथा विदेशी नागरिकलाई कोभिड-१९ को न्युक्लिक एसिड टेस्टलाई अनिवार्य गराउँदै परीक्षणका लागि प्रयोगशाला निर्धारण गरेको छ।

अगस्ट २५ देखि चीन सरकारले चीन प्रवेश गर्न पाउने देशको सूची अद्याविधिक गर्दै चीन प्रवेश गर्नु अगाडि तीन दिन भित्र (७२ घण्टा) ननाघेको परीक्षण रिपोर्ट पेश गर्न अनिवार्य गरेको छ। यससँगै काठमाडौंस्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै नेपालबाट वा नेपाल ट्रान्जिट पारेर चीन प्रवेश गर्ने चिनियाँ तथा विदेशी नागरिकका लागि काठमाडौंका तीन वटा प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा अवधिको रिपोर्ट दूतावासमा पेश गर्नुपर्ने जनाएको छ।

रिपोर्टका आधारमा दूतावासले ग्रिन हेल्थ कोड तथा 'एचएस' लोगोसहितको हेल्थ स्टेटमेन्ट उपलब्ध गराउने छ। दूतावासले चिनियाँ नागरिकका लागि काठमाडौं स्थित काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल सिनामंगल तथा दुवाकोट भक्तपुर, ह्याम्स अस्पताल धुम्बाराही र ललितपुर सानेपाको स्टार अस्पताललाई आधिकारिक परीक्षण प्रयोगशालाका रुपमा तोकेको छ। साथै विदेशी नागरिकका हकमा यी तीन प्रयोगशालासहित वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका ६ प्रयोगशालाबाट गरिएको परीक्षणलाई मान्यता दिने दूतावासले जनाएको छ

दूतावासले चिनियाँ नागरिकलाई रिपोर्ट प्राप्त भएको २४ घण्टिभत्र हेल्थ कोडका लागि दूतावासको विच्याट मिनीमा अपलोड गर्नुपर्नेछ। दूतावासले मूल्यांकन गरी हेल्थकोड उपलब्ध गराउने छ। 

विदेशी नागरिकको हकमा दूतावासले कोभिड-१९ को न्युक्लिक एसिड टेसको नेगेटिभ रिपोर्टसहितको प्रमाणपत्र, राहदानीको स्क्यान कपी दूतवासको इमेल [email protected] मा पेस गर्नुपर्ने छ। दूतावासले मूल्यांकन पछि हेल्थ स्टेटमेन्ट मेल गर्ने छ।

विमानस्थलमा बोर्डिङ पास लिनु अगाडि दूतावासले जारी गरेको हेल्थ स्टेटमेन्ट पेस गर्नुपर्ने दूतावासले जनाएको छ।

त्यस्तै चीन जान चाहने विदेशी नागरिकले हेल्थ डिक्लेरेसन फर्म भर्नु पर्ने छ।  हेल्थ कोड प्राप्त नगर्नेहरुलाई चीनले प्रवेश दिने छैन।  

चीनले ७४ देशका नागरिकलाई नेगेटिभ रिपोर्टसहितको न्युक्लिक एसिड टेस्टको प्रमाणपत्र पेस गरी चीन प्रवेश दिने घोषणा गरेको छ। नेपाल सहितका ३९ देशका नागरिकहरुलाई यो सुविधा यस अगाडि देखि नै लागू गरिएको थियो। भने बुधवारदेखि यो सूचीमा थप देशहरु थपिँदै छन्। सेप्टेम्वर ४ सम्म यो सूचीमा ७४ देश समावेश हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell