PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

चितवनमा २ वर्षीया बालिका र ९ वर्षीय बालकसहित थप २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि



पहिलोपोस्ट

चितवनमा २ वर्षीया बालिका र ९ वर्षीय बालकसहित थप २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि

काठमाडौं : चितवनमा दुई वर्षीया बालिकासहित २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा भएको परीक्षणमा चितवनका २१ जनासहित मकवानपुर, नवलपरासी पूर्व, रोल्पा, गोरखा र पर्साका ३१ जना कोभिड-१९ का संक्रमित पहिचान भएका हुन्।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका मात्र १७ जना रहेको प्रयोगशालाले जनाएको छ।

१२५ नमुना परीक्षण गरिएकोमा ३१ नमुना पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ। जसमध्ये भरतपुर १० का ९ वर्षका बालक पनि छन्। संक्रमण पुष्टि हुनेमा भरतपुरका १० जना महिला र ७ पुरुष छन्।

त्यस्तै चितवनकै रत्ननगर नगरपालिकाकी एक २ वर्षकी बालिका र २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। चितवनकै राप्तीका १ पुरुष र खैरहनीका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका तीन महिला छन्। मकवानपुरकी १ महिला रोल्पाका १ महिला र दुई पुरुष, गोरखाका एक महिला र १ पुरुष र पर्सका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

परीक्षण गरिएका नमुनाहरु सीमएसीको स्वाब संकलन केन्द्रबाट संकलन गरिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell