PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

एन्फाले विभिन्न कोचिङ कोर्सका लागि खोल्यो आवेदन, अनलाइनबाटै फारम भर्न सकिने



पहिलोपोस्ट

एन्फाले विभिन्न कोचिङ कोर्सका लागि खोल्यो आवेदन, अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं: अखिल नेपाल फुटबल संघ(एन्फा)ले विभिन्न कोचिङ कोर्सहरुका मिति सार्वजनिक गरेको छ। यसका लागि आवेदनसमेत खुला गरेको छ। कोर्स लिन चाहने प्रशिक्षकहरुले अनलाइनबाटै फाराम भर्न सक्ने एन्फाले जनाएको छ।

एन्फा ग्रासरुट कोचिङ कोर्स, कम्युनिटी कोचिङ कोर्स (एन्फा डी लाइसेन्स), एन्फा एएफसी सी लाइसेन्स कोचिङ कोर्स, एन्फा एएफसी डी लाइसेन्स कोचिङ कोर्स र एन्फा एएफसी ए लाइसेन्स कोचिङ कोर्सका लागि एन्फाले आवेदन खुला गरेको हो।

अक्टोबरबाट सुरु हुने एन्फा ग्रासरुट कोचिङ कोर्सका लागि सेप्टेम्बर १५ सम्म निशुल्क आवेदन दिन माग गरिएको छ। जसका लागि फुटबलसंबन्धी आधारभूत ज्ञानलाई न्युनतम योग्यता तोकिएको छ।

त्यस्तै डिसेम्बर १५ बाट सुरु हुने कम्युनिटी कोचिङ कोर्सका लागि नोभेम्बर १५ सम्म आवेदन दिइसक्ने अन्तिम मिति तोकिएको छ। तीन हजार रुपैयाँ शुल्क लाग्ने यो कोर्सका लागि न्युनतम योग्यता फुटबल खेलाडी हुनुपर्ने राखिएको छ।

अर्को कोर्स एन्फा एएफसी सी लाइसेन्स कोर्स सन् २०२१ को जनवरी १५ बाट सुरु हुँदैछ। पाँच हजार शुल्क तोकिएको यस कोर्सका लागि २०२० को डिसेम्बरसम्ममा आवेदन दिने अन्तिम मिति राखिएको छ। यस कोर्सका लागि डी लाइसेन्स अनिवार्य गरेको हुनुपर्ने न्युनतम योग्यता राखिएको छ।

त्यस्तै एन्फा बी लाइसेन्स कोर्स सन २०२१ जनवरी ५ बाट सुरु हुँदैछ। यसका लागि ७००० रुपैयाँ शुल्क लाग्ने छ भने डिसेम्बर ५ अघि आवेदन दिइसक्नुपर्ने एन्फाले जनाएको छ। १२ दिने यो कोर्सका लागि सि लाइसेन्स पास गरिसकेको हुनुपर्ने न्युनतम योग्यता तोकिएको छ।

एन्फाले एफसी ए लाइसेन्स कोचिङ कोर्स यही नोभेम्बर १ बाट सुरु गर्दैछ। जसका लागि अक्टोबर १ सम्म आवेदन खुला गरेको छ। आवेदन दिन बी लाइसेन्स पास गरिसकेको हुनुपर्ने बताइएको छ। १० हजार शुल्क लाग्ने यो कोर्स १८ दिनको हुनेछ।

यसबाहेक एएफसी अन्तर्गतका विभिन्न पाँचवटा कोर्सहरुका लागि पनि एन्फाले आवेदन खुला गरेको छ। जसमा एएफसी फिटनेस लेभल १ ए कोचिङ कोर्स, एएफसी फिटनेस लेभल १ बी कोचिङ कोर्स, एएफसी गोलकिपिङ लेभल १ कोचिङ कोर्स, गोलकिपिङ लेभल २ कोचिङ कोर्स र एएफसी फुटसल कोचिङ कोर्स रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell