PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रदेश १ मा १०९ जना संक्रमित थपिए, ४९ जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा १०९ जना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०९ जना कोरोना संक्रमित थपिएका छन्। २९ महिला र ८० पुरुष संक्रमित थपिएका हुन्।

मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष,  रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेको १ महिलामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवाम १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ का कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा आज ४९  डिस्चार्ज भएका छन्।

योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ।

प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ। भने हालसम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell