PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कैलालीमा नौ दिन अघि मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि



पहिलोपोस्ट

कैलालीमा नौ दिन अघि मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

कैलाली : कैलालीमा एक पुरुषको मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर पाँचमा गत भदौ एक गते मृत्यु भएका एक ४९ वर्षीय पुरुषमा मृत्यु भएको नौ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले मंगलवार डडेल्धुरा प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए।

उनलाई झाडापखालाका कारण मृत्यु भएको बताइए पनि स्वाव संकलन गरी परीक्षण गर्दा नौ दिनमा कोरोना पुष्टि भएको उनले बताए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ भने कैलालीमा पाँच पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell