क्यारेवियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सन्दीप आबद्ध जमैका तल्लावाजले अमेजन गुयना वारियर्सलाई ५ विकेटले हराएको छ। जमैकाको जितमा सन्दीपमा किफायती बलिङ गर्दै १ विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले १२ रनमात्र दिएका थिए।
टस हारेर ब्याटिङमा उत्रिएको वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो। जसका लागि रोस टायलरले सर्बाधिक २३ रन बनाउँदा नभिन उल हकले २० रन र निकोरस पुरनले १५ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। वारियर्सलाई सस्तैमा समेट्न मुजिब उल रहमान र फिडेल एडवार्डले समान ३/३ विकेट लिए भने सन्दीप लामिछाने र आन्द्रे रसेलले समान १/१ विकेट लिए। सन्दीपले सेर्फेन रुथरफोर्डको विकेट लिएका थिए।
१ सय ९ रनको सामान्य लक्ष तल्लावाजले १८ ओभरसकिँदा ५ विकेट गुमाएर भेट्टायो। जसका लागि न्क्रुमाह बोनरले अभिजित ३० रन बनाउँदा ग्लेन फिलिप्सले २६ रन तथा जेरमेइन ब्लाकउडले २३ रन जोडे। त्यस्तै आन्द्रे रसेल पनि २३ रनमा अभिजित रहे।
४ खेल खेलेको जमैकाको यो दोस्रो जित हो। ४ अंक जोडेको जमैका अंकतालिकाको चौथो स्थानमा छ।
