PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, साउन २३ देखि थिए भर्ना



पहिलोपोस्ट

काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु, साउन २३ देखि थिए भर्ना

काठमाडौं : गए राति काठमाडौंका एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको गए रात ९:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

गएको साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ती व्यक्तिमा कोभिड १९ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। अस्पताललाई उदृत गर्दै स्वास्थ्य कार्यालयले आज बिहान उनको मृत्युको पुष्टि गरेको हो।

नेपालमा कोरोना संक्रमणबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ। हिजोमात्र काठमाडौं महानगरपालिका वडा नम्बर २२ का एक व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell