PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

२५ दिनमा थपिए १५ लाखभन्दा धेरै संक्रमित, छोटो अवधिमा कोभिड १९ पहिचानमा अमेरिकापछि भारतको रेकर्ड



पहिलोपोस्ट

२५ दिनमा थपिए १५ लाखभन्दा धेरै संक्रमित, छोटो अवधिमा कोभिड १९ पहिचानमा अमेरिकापछि भारतको रेकर्ड

नयाँ दिल्ली : आज अगस्ट महिनाको २६ औं दिन। भारतमा पछिल्लो २५ दिनमा १५ लाखभन्दा धेरै कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। तीब्र गतिमा फैलिरहेको संक्रमणको यो अहिलेसम्मकै सर्वाधिक रफ्तार हो।

२५ दिनमा १५ लाखभन्दा धेरै संक्रमित रेकर्ड भइरहेकै दिन मंगलवार १ हजार ७१ जनाले ज्यान गुमाएका छन्। ६६ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। एकै दिन मृत्यु हुने संख्यामा भारतको यो दोस्रो धेरै संख्या हो। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख पार भएको छ।

अगस्ट १ देखि २५ को बीचमा भारतमा १५ लाख ३० हजार संक्रमित थपिएका हुन्। यति छोटो अवधिमा संक्रमितको संख्या अमेरिकामा मात्रै बढेको थियो। त्यहाँ २५ दिनको अवधिमा २० लाख संक्रमित संख्या रेकर्ड भएको थियो भने दोस्रोमा भारतको रेकर्ड बनेको छ। यस महिनाको मात्र तुलना गर्ने हो भने विश्वकै सबैभन्दा धेरै संक्रमण रेकर्ड भारतमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell