काठमाडौं : चितवनमा थप ४४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। २ सय १८ नमुना परीक्षण गर्दा ४४ जनामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।
यसरी संक्रमण देखिएका ४ जना भने नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका मानिस रहेका छन्। बाँकी ४० जना मध्ये ३६ जना भरतपुर महानगरपालिका, रत्नगर र खैरेनी नगरपालिकाका रहेका छन्।
