PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

लमजुङमा १७ जना सेना, बैंकका कर्मचारीसहित २० जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

लमजुङमा १७ जना सेना, बैंकका कर्मचारीसहित २० जनामा कोरोना संक्रमण

काठमाडौं : लमजुङमा १७ जना सेना सहित २० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

क्षयरोग अपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा १७ जना नेपाली सेनामा कार्यारत सेनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर  ७ र ८ का अन्य तीन जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ। कोरोना संक्रमण देखिएका एक जना भने ग्लोबल आइएमई बैकका कर्मचारी हुन्।

त्यस्तै, गण्डकी प्रदेशका नवलपरासी र कास्की जिल्लामा पनि अन्य तीन जनामा कोभिड १९ संक्रमण देखिएको छ। पोखरा नगरपालिकामा कोरोना देखिएका एक जना भने अस्पतालमा कार्यरत हुन् र मादी नगरपालिकाका एक जना भने दुवईबाट आएको खुलेको छ।

संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। अहिलेसम्म गण्डकी प्रदेशमा १ हजार ९ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भइसकेको छ जसमा १ हजार ६ सय ४३ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell