PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बाँकेमा कोभिड १९ संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु



पहिलोपोस्ट

बाँकेमा कोभिड १९ संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : बाँकेमा कोभिड १९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर  १ निवासी ३७ वर्षीय पुरुषको उपचारको क्रमममा मृत्यु भएको हो। दुवै फोक्सोमा निमोनिया भएका उनी सोमवार बिहान नेपालगंज मेडिकल कलेज, कोहलपुरमा शिक्षण अस्पताल भर्ना भएका थिए।

सोमवार बिहानै उनको कोभिड संक्रमण परीक्षणको लागि स्वाब संकलन गरेर भेरी अस्पतालमा पठाइएको थियो। मंगलवार दिउँसो उनको कोभिड १९ पोजेटिभ आएको थियो। उनको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा सारिएको थियो। उपचारको क्रमममा आज बिहान साढे १ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

यससँगै बाँके जिल्लामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको सङख्या पाँच पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell