PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

टेस्ट सिरिज १-० ले इङ्ग्ल्याण्डलाई, एन्डर्सनले पूरा गरे छ सय विकेटको कोशेढुंगा



पहिलोपोस्ट

टेस्ट सिरिज १-० ले इङ्ग्ल्याण्डलाई, एन्डर्सनले पूरा गरे छ सय विकेटको कोशेढुंगा

इङ्ग्ल्याण्ड र पाकिस्तानबीचको टेस्ट सिरिजको तेस्रो खेल बराबरी भएको छ। यो सँगै इङ्ग्ल्याण्डले सिरिज १-० ले हात पार्दै पाकिस्तानमाथि १० वर्षपछि टेस्ट सिरिज जितेको हो। त्यस्तै कोरोना महामारीकाबीच यो दोस्रो टेस्ट सिरिज जितेको हो। यसअघि इङ्ग्ल्याण्डले वेस्टइन्डिज विरुद्धको सिरिज २-१ ले जितेको थियो।

तेस्रो टेस्टमा इङ्ग्ल्याण्डले टस जितेर ब्याटिङ गर्दै ८ विकेटमा ५८३ रन बनाएर पारीको घोषणा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान कप्तान अजर अलीको शतकको सहायतामा २ सय ७३ रन बनाउँदै अलआउट भयो। ३१० रनले अघि रहेको इङ्ग्ल्याण्डले फलोअन दियो। र दोस्रो पारीमा पाकिस्तानले ४ विकेटको क्षतिमा १८७ रन बनायो।

एन्डर्सनले पार गरे ६०० विकेटको कोषेढुंगा

पाकिस्तानको दोस्रो शतक जेम्स एन्डर्सनका लागि ऐतिहासिक रह्यो। जसमा एक विकेट लिएका उनले ६०० विकेट लिने पहिलो फास्ट बलर बने। समग्रमा भने उनी ६०० विकेटको आँकडा बनाउने उनी चौथो खेलाडी हुन्। यद्यपि इङ्ग्ल्याण्डका भने पहिलो ६०० विकेट पुर्‍याउने खेलाडी हुन्। उनले आफ्नो ६०० औं विकेट अजहर अलीको लिए।

सिरिजको पहिलो खेल इङ्ग्ल्याण्डले ३ विकेटले जितेको थियो भने दोस्रो र तेस्रो खेल बराबरीमा रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell