सन् २०१९ को तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड पर्वतारोही अनिता कुन्दुले पाउने भएकी छिन्। भारतीय पर्वतारोही कुन्दुलाई राष्ट्रपति रामनाथ कोविन्दले अगस्ट २९ मा अवार्ड हस्तान्तरण गर्नेछन्। हरियाणाको हिसारकी उनलाई ल्यान्ड एड्भेन्चर क्याटागोरीमा अवार्ड दिन लागिएको हो।
अनिता पहिलो भारतीय महिला हुन् जसले नेपाल र चीन दुवैतिरबाट सगरमाथा आरोहण गरेकी छिन्। उनी भारतीय प्रहरीमा सब-इन्स्पेक्टरसमेत हुन्।
Haryana: Mountaineer Anita Kundu from Hisar to be awarded ‘Tenzing Norgay National Adventure Award 2019’. She says, "I am first Indian woman to climb Mount Everest from China & Nepal side. I give all credit of my success to my mother. I am thankful to Indian govt for this award." pic.twitter.com/SF2rVzgMyc
— ANI (@ANI) August 25, 2020
तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड भारतको सबैभन्दा प्रतिष्ठित साहसिक खेल पुरस्कार हो। सगरमाथाको पहिलो पटक आरोहण गरेर कीर्तिमानी कायम गरेका तेन्जिङ नोर्गेको नाममा पुरस्कार राखिएको हो। उनीसँगै न्युजिल्यान्ड एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए, सन् १९५३ मा।
सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिकता लिएका तेन्जिङ नोर्गे नेपाली हुन्। उनको परिवार त्यसपछि भारतमा नै रहँदै आएको छ।
यो पुरस्कारको राशी ५ लाख रुपैयाँ रहेको छ।
