PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर २०१९ अवार्ड पर्वतारोही अनिता कुन्दुलाई



पहिलोपोस्ट

तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर २०१९ अवार्ड पर्वतारोही अनिता कुन्दुलाई

सन् २०१९ को तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड पर्वतारोही अनिता कुन्दुले पाउने भएकी छिन्। भारतीय पर्वतारोही कुन्दुलाई राष्ट्रपति रामनाथ कोविन्दले अगस्ट २९ मा अवार्ड हस्तान्तरण गर्नेछन्। हरियाणाको हिसारकी उनलाई ल्यान्ड एड्भेन्चर क्याटागोरीमा अवार्ड दिन लागिएको हो।

अनिता पहिलो भारतीय महिला हुन् जसले नेपाल र चीन दुवैतिरबाट सगरमाथा आरोहण गरेकी छिन्। उनी भारतीय प्रहरीमा सब-इन्स्पेक्टरसमेत हुन्।

तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड भारतको सबैभन्दा प्रतिष्ठित साहसिक खेल पुरस्कार हो। सगरमाथाको पहिलो पटक आरोहण गरेर कीर्तिमानी कायम गरेका तेन्जिङ नोर्गेको नाममा पुरस्कार राखिएको हो। उनीसँगै न्युजिल्यान्ड एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए, सन् १९५३ मा।

सगरमाथा आरोहण गरिसकेपछि भारतीय नागरिकता लिएका तेन्जिङ नोर्गे नेपाली हुन्। उनको परिवार त्यसपछि भारतमा नै रहँदै आएको छ।

यो पुरस्कारको राशी ५ लाख रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell