PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चितवनबाट फरार कोभिड-१९ संक्रमित नुवाकोटमा पक्राउ, चोरीमा थिए समातिएका



पहिलोपोस्ट

चितवनबाट फरार कोभिड-१९ संक्रमित नुवाकोटमा पक्राउ, चोरीमा थिए समातिएका

काठमाडौं : चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट फरार भएको एक संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार बिहान अस्पतालबाट भागेका युवकलाई नुवाकोटको बलकोटगढीबाट नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ।

'अस्पतालबाट भागेपछि हामीले खोजी गरेका थियौं। आज बिहान नुवाकोट प्रहरीले पक्राउ गरेको छ,'जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले भने।

युवकलाई प्रहरीले चोरी केसमा पक्राउ गरेको थियो। थुनुवा कक्षमा राख्ने अभियुक्तलाई कोभिड परीक्षण गर्नु पर्ने हुन्छ। त्यही क्रमममा उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो।' श्रीमतीको जिम्मा लगाएर आइसोलेसनमा पठाएका थियौं। त्यहीबाट भागेको थियो,' डिएसपी थापाले भने।

उनी साइकल चढेर नुवाकोट पुगेको देखिएको छ। उनको घर पनि नुवाकोट भएको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell