PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

गौरा पर्वमा प्रधामन्त्रीको शुभकामना: मुलुकको विकास र समृद्धिमा अग्रसर हुन आह्वान



पहिलोपोस्ट

गौरा पर्वमा प्रधामन्त्रीको शुभकामना: मुलुकको विकास र समृद्धिमा अग्रसर हुन आह्वान

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिमा अग्रसर हुन सम्पूर्णमा आह्वान गरेका छन्।

सुदूरपश्चिमेलीहरुको महान पर्व गौराका अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ। विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ। यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु।’

ओलीले सुदूरपश्चिम प्रदेशको विशिष्ट सांस्कृति पर्व गौराले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको उल्लेख गरेका छन्। ‘महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो संस्कृतिमा स्थानअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो,’ ओलीले भनेका छन्, ‘सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकताका प्रतीक रहँदै आएका छन्।’

उनले कोभिड महामारीको प्रतिकुल अवस्थामा सुरक्षित तवरबाट गौरा लगायतका चाडपर्व मनाउनुपरेको भन्दै जीवन रक्षाका निम्ति सचेत भएर परम्पराको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले विशेषज्ञ र चिकित्सहरुको सल्लाह एवं सरकारको निर्देशनअनुसार सामाजिक व्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह पनि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell