काठमाडौं : पछिल्लो २४ जिल्लामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको १३ हजार २०० नुमना परीक्षणका क्रममा ८८५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
संक्रमण पुष्टि भएकामध्ये २९९ महिला र ५८६ पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा सबै भन्दा बढी काठमाडौं जिल्लामा संक्रमित थपिएका छन्। काठमाडौं जिल्लामा २३० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, सर्लाही जिल्लामा १२० जना कोभिड-१९ का संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रस्तुत तथ्यांक अनुसार वाग्मती प्रदेशमा मात्र ३८८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्रदेश २ मा २३० जना संक्रमित पहिचान भएका छन्।
प्रदेश ५ मा ७०, सुदूरपश्चिम प्रदेशमा ५५, गण्डकीमा ३५ र कर्णालीमा १० जनामा संक्रमण पुष्टि भएको छ।

