PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

पारामेडिकल स्टाफ र नर्ससहित नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा



पहिलोपोस्ट

पारामेडिकल स्टाफ र नर्ससहित नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

विराटनगर : नोबेल मेडिकल कलेज अन्तर्गतको अस्पतालका इमर्जेन्सी तर्फका १२ पारामेडिकल स्टाफ र अन्य नर्ससहित ५५ जनाले सामूहिक राजीनामा दिएका छन्।

कलेजका प्रबन्धक नारायण दाहालले ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएर मंगलवारदेखि काम छाडेको पुष्टि गरे।

‘उहाँहरू ७ बुँदै माग लिएर आउनु भएको थियो’, प्रबन्धक दाहालले भने, ‘जसमा स्वास्थ्यकर्मीहरूको जीवन बीमा गरिदिनुपर्ने, अस्पतालको इमरजेन्सीबाहिर २४ सै घण्टा स्क्रिनिङ क्लिनिक राख्नुपर्ने, अस्पतालमा कार्यरत कोही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए सम्पूर्ण खर्च अस्पतालले बेहोर्नुपर्ने लगायतका कुरा उल्लेख थिए।’

त्यस्तै, अस्पतालमा कार्यरत कोही संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसीयू र भेन्टिलेटरको खर्च अस्पतालले बेहोर्नुपर्ने र संक्रमितसँगको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी ५ दिन क्वारेन्टाइनमा बसेपछि पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा मात्र पुनः ड्युटीमा खटाउनुपर्ने माग रहेको प्रबन्धक दाहालले जानकारी दिए।

‘हामीले यी सबै माग पूरा गर्ने वचनबद्धता प्रकट गर्यौँ’, उनले भने, ‘उहाँहरूको एउटा माग मात्र अलिकति पूरा भएन। उहाँहरूले मासिक थप ५ हजार रुपैयाँ प्रोत्साहन भत्ताको माग गर्नु भएको थियो। हामीले मासिक ४ हजारमात्र दिनसक्ने बतायौँ। यही बुँदामा वार्ता सफल हुन सकेन र उहाँहरूले सामूहिक राजीनामा दिनुभयो।’

अस्पतालले पारामेडिकल र नर्सको अर्को सेट ल्याएर उपचार सेवा सञ्चालन गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell