PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

वीरगंजमा कोभिड-१९ : सामुदायिक आइसोलेसनमा रहेका २० जना संक्रमण मुक्त



राधेश्याम पटेल

वीरगंजमा कोभिड-१९ : सामुदायिक आइसोलेसनमा रहेका २० जना संक्रमण मुक्त

वीरगंज : पर्साको वीरगंज बसपार्कस्थित एक सामुदायिक आइसोलसन केन्द्रमा एकैदिन २० जना कोभिड-१९ संक्रमण मुक्त भएका छन्। बुधवार राति रानीपोखरी होटलमा बनाइएको कोभिड-१९ विशेष उपचार केन्द्रमा उपचाररत् २० जना संक्रमण मुक्त भए लगत्तै डिस्चार्ज गरिएको छ।

होटलमा रहेका कुल ७७ जना संक्रमित मध्ये ५ दिन अघि २० जना संक्रमित मुक्त भएर घर फर्किएका थिए। प्रवन्धक दिलिपराज कार्कीका अनुसार आज डिस्चार्ज हुने २० जनामा २१ वर्षदेखि ७० वर्ष उमेर समूहका पुरुषहरू हुन्।

पर्सा सुखर्वाप्रसौनीका एक जना बाँकी १९ जना वीरगंजका विभिन्न वडाका संक्रमित रहेका हुन्। वीरगंज २५ श्रीसियाका २१, ३१, ३५, ३७, ४०, ५० वर्षीय बासिन्दा रहेका छन्। त्यस्तै वीरगंजको वडा नं १० आदर्शनगर, रानीघाट, १३ राधेमाई, १५ लक्षुमानवा, १६ नगवालगायत वडाका बासिन्दा पनि रहेको रानीपोखरी सामुदायिक आइसोलेसनका डाक्टर अक्षय द्विवेदीले जानकारी गराए।

अब उक्त होटलमा ३७ जना संक्रमित बाँकी छन्। आइसोलेसनको खर्च नेपाल सरकारले तिर्दै आएको छ। संक्रमितहरूलाई नि:शूल्क उपचारसँगै दुई छाक खाना, दुई छाक नास्ता दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell