PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

फितलो ब्याटिङ गरेको जमैका पराजित, सन्दीपले लिए २ विकेट



पहिलोपोस्ट

फितलो ब्याटिङ गरेको जमैका पराजित, सन्दीपले लिए २ विकेट

क्यारेबियन प्रिमियर लिगमा आज भएको खेलमा सन्दीप आबद्ध जमैका तल्लावाज पराजित भएको छ। औशत लक्ष्यलाई पछ्याउन नसक्दा जमैका ३६ रनले पराजित भएको हो। यद्यपि, ब्यक्तिगत रुपमा भने सन्दीपको प्रदर्शन राम्रो रह्यो। उनले २ विकेट लिएर १६ रन दिए भने ब्याटिङमा अभिजित ४ रन बनाए।

टस हारेर ब्याटिङमा उत्रिएको बार्बाडोसले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो। जसका लागि केल मायर्सले सर्वाधिक ८५ रन बनाउँदा मिचेल स्यान्टरले २० रन र जेसन होल्डरले १५ रन बनाए। यता जमैकाका लागि मुजिब उल रहमानले ३ विकेट लिँदा सन्दीपले २ विकेट तथा फिडेल एडवार्डस र कार्लोस ब्रेथवेटले समान १/१ विकेट लिए। सन्दीपले राशिद खान र एस्ले नर्सलाई आउट गराएका थिए।

अर्कोतर्फ १४९ रनको लक्ष्य छ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमात्र बनाउन सक्यो।

जमैकाका लागि न्क्रुमा ब्रोनरले सर्वाधिक ३१ रन बनाउँदा जेर्मेइन ब्लाकउडले २८ रन, मुजिब उल रहमानले १८ रन र चाडविक वाल्टनले १० रन बनाए। त्यस्तै ६ बल खेलेका सन्दीप ४ रन र फिडेल एडवार्डस २ रनमा अभिजित रहे।

यो सँगै ५ खेल खेलेको जमैकाले ३ खेलमा हार २ खेलमा जित ब्यहोरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell