PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

वीरगंजमा ३ जना कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : पर्साको वीरगंजको दुई वटा अस्पतालमा पछिल्लो १४ घण्टाको अन्तरालमा ३ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा तीन जना कोभिड-१९ का संक्रमित रहेका छन्।

बुधवार साँझ ६ बजेर २२ मिनेटदेखि बिहीवार बिहान साढे ८ बजेसम्म ३ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए। हिजो साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गापा–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो। त्यसैगरी, बिहीवार बिहान साढे ६ बजे बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिला संक्रमितको मृत्यु भएको उनले बताए।

दुई जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जना बिहीवार बिहान साढे ८ बजे वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। वीरगंज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाले जानकारी गराए।

पर्सा, धोबिनीका संक्रमित भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भई भदौ ९ गते उनको रिपोर्ट पोजेटिभ पुष्टि भएका थिए भने उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या तथा निमोनियका लक्ष्ण देखिएको थियो भने बाराकी ३३ हप्ताकी गर्भवती महिला संक्रमितमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको नारायणी अस्पतालमा चिकित्सक डा.उदयनारायण सिंहले जानकारी गराए।

त्यसैगरी, वीरगंज हेल्थकेयरमा मृत्यु भएका ६२ वर्षीय वृद्ध मृगौला पीडित हुन्। उनले एक वर्षदेखि नियमित डायालासिस गराउँदै अएका थिए। उनको उनी साउन ३० गते  हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भई उपचार गराउँदै आएका थिए। चिकित्सका अनुसार पर्सा, बारा, रौतहटमा मृत्यु हुने घटनालाई विश्लेषण गर्दा निकै भयावह अवस्था सिर्जना हुँदै गएकोले उच्च सतर्कता अपनाउन सर्वसधारणमा अपिल गरेका छन्।

यसैसंग पर्सामा कोरोना संक्रमणले मृत्यु हुने संख्या ३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell